शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौंबाट चोरी भएर रामेछाप भित्रिएको मोटरसाइकल प्रहरीले भेट्टायो
दुर्घटना/अपराध

काठमाडौंबाट चोरी भएर रामेछाप भित्रिएको मोटरसाइकल प्रहरीले भेट्टायो

चैत १२,

रामेछाप ।  जिल्ला प्रहरी कार्यालय रामेछापले चोरी भएको मोटर फेला पारेको छ । महानगरिय प्रहरी प्रभाग काठमाण्डौबाट मोटरसाइकल हराएको पत्रअनुसार बुधबार जिल्ला प्रहरीले मोटरसाइकल खोजतलास गर्ने क्रममा मन्थली नगरपालिका वडा नं १३ को जिरोकिलो स्थित अशोक जर्गा मगरले संचालन गरेको मोटरसाइकल वर्कशपबाट मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी रामेछापले जनाएको छ ।

जिरोकिलोमा रहेको अशोक जर्गा मगर सञ्चालक रहेको वर्कशपबाट बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बुधबार महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँबाट प्राप्त च.नं. ५३० को पत्रमा उल्लेखित यज्ञ कुमार श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी केदार न्यौपाने भएको चोरी कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले बरामत गरेको मोटरसाइकल लाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

चोरी मुद्दाका आरोपित न्यौपाने हाल प्रहरी प्रभाग काठमाडौँ प्रहरीको नियन्त्रणमा रहेका उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु