शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सिन्धुलीमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु
दुर्घटना/अपराध

सिन्धुलीमा ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु

चैत्र १२

सिन्धुलीको दुधौली नगरपालिकामा ट्याक्टर दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार दुधौली नगरपालिका वडा नं. १४ बाँसबोटे चिउरी खोला भिर स्थित बाँसबोटे सिकारी ढुंगाको भित्री सडक खण्डमा ट्याक्टर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

बाँसबोटे स्कुलबाट निर्माण सामाग्री अनलोड गरि सिकारी ढुंगा तर्फ फर्कने क्रममा प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई तल खस्दा दुधौली नगरपालिका वडा नं. १३ ठाकुर दमारका २५ वर्षिया चालक ईन्द्र बहादुर खड्काको घट्नास्थलमै मृत्यु भएको छ ।

ट्याक्टरमा सवार दाङ जिल्ला सुनढयांग्री गाउँपालिका ३ का ३० वर्षिया भगत राम चौधरी गम्भिर घाइते भएका छन् । त्यस्तै, सोहि जिल्लाका २५ वर्षिया रामु चौधरीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।

ट्याक्टरको टेलरको भाग ३०० मिटर र ईन्जिन २० फिट तल खसेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु