बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • श्रेष्ठको अध्यक्षतामा रामेछापमा बागेश्वरी अशल शासनको १३ कार्यसमिति गठन,
रामेछाप बिशेष

श्रेष्ठको अध्यक्षतामा रामेछापमा बागेश्वरी अशल शासनको १३ कार्यसमिति गठन,

चैत ११,

रामेछाप । बागेश्वरी अशल शासन क्लब (बास) जिल्ला शाखा रामेछापको अध्यक्षमा निर्विरोध पत्रकार युवराज श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार रामेछापको मन्थलीमा भएको बासको दोस्रो जिल्ला अधिवेशबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सह-सचिवमा जुनेली न्युजका ब्यवस्थापक मिलन घिमिरे र कोषाध्यक्षमा विपना थापा निर्वाचित भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा क्रमशः शुष्मा भण्डारी, सविना कार्की, निरमाया तोलाङ्गे, आरती खड्का, दिपा महत, अनिता थापामगर, सन्तोष खत्री र विमल पौडेल निर्वाचित भएका छन् । शुसासनको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले बुधबार समिति पाएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नयाँ कार्यसमितिलाई बधाई दिदै समितिले जिल्लाका विभिन्न क्षेत्रमा हुने भ्रष्ट्राचारको विरुद्धमा आवज उठाउँदै शुसान कायम गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम बास रामेछाका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता एवं बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको प्रमुख आतिथ्यता भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु