बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सोलुखोलामा निर्माणाधिन मोटरेबल पुल स्थानान्तरणमा स्थानीयको विरोध
समाचार

सोलुखोलामा निर्माणाधिन मोटरेबल पुल स्थानान्तरणमा स्थानीयको विरोध

चैत १३,

सोलुखुम्बु । लामो समयदेखि अलपत्र रहेको माटरेवल पुल स्थानान्तरणको विषयलाई लिएर सोलुखुम्बु रोशीका स्थानीयले विरोध जनाएका छन । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी र रोशी जोडने सोलुखोलामा अलपत्र अवस्थामा रहेको पुल सोही स्थानको सालाबेसीमा सार्न खोज्दा स्थानीयले विरोध जनाएका हुन् ।

विरोधमा रोशीका करिब १५ जना स्थानीयको उपस्थिती रहेको भएतापनि केही स्थानीयले मात्र पुल भत्काउनमा विरोध जनाएका थिए । अन्य स्थानीयले भने मोटरेबल पुल भत्काए पनि झोलुङ्गे पुल जिर्ण अवस्थामा रहेकाले मर्मत गरिनुपर्ने माग राखेको बताइएको छ ।

१७ मिटर लम्बाई रहेको उक्त पुल भन्दा ठिक माथि झोलुङ्गे पुल रहेको छ । स्थानीयहरुले झोलुङ्गे पुल भएर आवतजावत गर्दै आएका छन् । मोटरेबल पुल हटाएको खण्डमा झोलुङ्गे पुल मर्मत संम्भार गरिनु पर्ने स्थानीय विनोद भट्टराईले बताए ।

आर्थिक वर्ष २०७२÷७३ सालमा जिल्ला विकाश समितिको ५५ लाख बजेटमा निर्माण गरिएको सो पुल हालसम्म प्रयोग आउँन सकेको छैन । पुल सुचारुका लागि नगरपालिका तथा वडाले संभाव्यता अध्ययन गर्दा भौगोलिक रुपमा पहिरोको जोखिम रहेकाले पुल स्थानान्तरण गर्न लागिएको वडाध्यक्ष मिङमार तामाङले जानकारी दिए ।

सो विषयमा स्थानीय र नगरपालिकाबीच सहमतिको काम भइरहेको अध्यक्ष तामाङको भनाई छ । यता स्थानीयले आफ्नो माग पुरा नगरेसम्म पुनः विरोधमा उत्रिने बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु