फागुन १७,
रामेछाप । गत आइतबार राति करिब १२:३० बजेको समयमा सोलु एफएममा आगोलागी हुदा एक करोड भन्दा माथिको क्षेती भएको छ । भने संचालित रेडियोका सम्पुर्ण उपकरण जलेर नष्ट भएको छ ।
त्यस्तै भवनमा समेत पूर्ण रुपमा क्षेती पुगेको सोही रेडियोका संचारकर्मी रमन वनले जानकारी दिए । उनका अनुसार आगलागीको कारण पत्ता खुलेको छैन् । आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकल, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नियन्त्रणमा लिएको उनले उनले बताए ।
आगोलागिका कारण एफएमको सम्पुर्ण सामाग्री जलेर नष्ट हुदा ब्यबस्थापनका लागि समय लाग्ने भएकाले रेडियोको प्रशारण केही दिनका लागि बन्द हुने उनले जानकारी दिएका छन् ।
फोटो : रमवनको फेसबुकबाट साभार
फेसबुक प्रतिक्रियाहरु