शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मन्थली खानेपानीको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित
रामेछाप बिशेष

मन्थली खानेपानीको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित

फागुन १७,

रामेछाप । रामेछाप मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पुर्ण सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।  उनीहरुले आइतबारै पद तथा गोपनियताको सपथ पनि खाएका छन् ।

त्यस्तै समितिको उपाध्यक्षमा सजन श्रेष्ठ र सचिवमा ढाकल बहादुर थापा निर्विरोध निर्वचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अम्बिका प्रसाद काफ्ले, टहल बहादुर कार्की, दिनेशराज शर्मा घिमिरे, दिपकराज दाहाल, कृष्ण थापामगर, हरिशरण सुवेदी, विर बहादुर खड्का, दिपक कुमार क्षेत्री, भक्त बहादुर मानन्धर र निलराज जैशी निर्विरोध निर्वाचित भएका छन् ।

११ ओटा एरिया रहेको समितिमा २ नं एरियामा भने सदस्य पदमा निर्वाचन भएको थियो । निर्वाचनमा यम बहादुर बुढाथोकी निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा दुई जनाको दरखास्त परेपनि अन्तिमा दुबै जनाले आ–आफ्नो दरखास्त फिर्ता लिएपछि कोषाध्यक्षको पद खाली रहेको छ ।

अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष पुर्ण सुवेदीले उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष सुवेदीले उभोक्ताहरुलाई स्वच्छ खानेपानी खुवाउनको लागि सिंगो कार्यसमिति एक जुट भएर लाग्ने प्रतिवद्धता जनाउँदै आम उपभोक्तालाई पनि सहयोग गर्न अनुरोध गरे ।

फेसबुक प्रतिक्रियाहरु