आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देउरालीमा तरुण दलद्वरा खुल्ला पुरुष भलिबल प्रतियोगिता
रामेछाप बिशेष

देउरालीमा तरुण दलद्वरा खुल्ला पुरुष भलिबल प्रतियोगिता

पुष २५,

रामेछाप  । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा रामेछाप र ओखलढुंङ्गा जिल्लाका गरि ९ टिम सहभागी रहेको आयोजक नेपाल तरुण दल नगर वडा कमिटीले जानकारी दिएको छ ।

विगतका वर्षहरुमा पनि विभिन्न कार्यक्रम गर्दै आएको तरुणले यो पटक युवाहरुको रुचि र खेल क्षेत्रमा युवाहरुको आकर्षणको लागि २० हजार प्रथम पुरस्कार राशीको खेल आयोजना गरेको हो । त्यस्तै दि्वतिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार नगद् पुरस्कारको ब्यवस्था गरेको आयोजकले जुनेली न्युजलाई  बताएको छ ।

शुक्रबार खेल उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता नारायण भट्टराईले खेल राष्ट्रको गहना, पहिचान भएकाले स्थानीय स्तरमा युवाहरुलाई सभ्य तरिकाले खेल क्षेत्रमा खेल्न आग्रह गरे । खेलाडी लगन शिल, महनती, अनुसाशित् हुन पर्नेमा जोड्दिदै भट्टराईले कांग्रेसले सधै खेल खेलाडीहरुको सम्मान गर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ (नेविस) का पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल, बीपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्का, भुपु सैनिक संघका जिल्ला अध्यक्ष टहल बहादुर कार्की, विद्यार्थी नेताहरु महेश भट्टराई, सरोज श्रेष्ठ तरुण नेता श्याम कुमार थापामगर लगाएतले सम्बोधन गरेका थिए ।

खेल शनिबार सम्पन्न हुने छ ।

फोटो हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु