बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लाम्गादेको आर्थिक सहयोग र संचारकर्मी घिमिरेको संयोजनमा ७७ वर्षीय बृद्धालाई जस्तापाता हस्तान्तरण
रामेछाप बिशेष

लाम्गादेको आर्थिक सहयोग र संचारकर्मी घिमिरेको संयोजनमा ७७ वर्षीय बृद्धालाई जस्तापाता हस्तान्तरण

पुष २५,
रामेछाप । रेडियो तामाकोशीमा संचारकर्मी, जय नेपाल सामाजिक युवा समाज रामेछापका जिल्ला अध्यक्ष एवं नेपाल राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापका सचिव मिलन घिमिरेको संयोजनमा एक बृद्धालाई सहयोग गरिएको छ ।

शनिबार रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलु, बान्द्रे झोलुङ्गे पुलको मुखैमा २५ वर्ष अघिदेखि एकल जिवन निर्वाह गर्दै आएका बिकलाई मन्थलीको देवकोटा चोकस्थिस नव दुर्गा सुनचाँदी उधोगका प्रोपाइटर कृष्ण लाम्गादेको आर्थिक तथा प्रविधिक सहयोगमा बासको बृद्धाको ओतको लागि आवश्यक जस्तापाता सहयोग गरिएको हो ।

लाम्गाधेले आफ्नो ब्यक्तिगत् आर्थिक सहयोग गरेपश्चात घिमिरेले त्यसबाट जस्ता खरिद् गरि पीडितसम्म पुर्याएका हुन् । लाम्गादेले ८ पात १२ फूटे हुलासको साधा जस्ता, ग्याविनको डेढ केजी तार, काँटी किल्लाको लागि रकम दिएका हुन् । ७७ वर्षीय बृद्धा पुलको मुखैमा एकलै बस्दै आएका छन् ।

उनलाई कोरोना भाइरस संक्रमणले पारेको प्रभावकाबीच जिल्लामा संक्रिय रामेछाप सहयोगी मन (रासम) लगाएतले सहयोग गरेका थिए । उनी सोही ठाउँका स्थानीहरुको पुराना सामान बनाएर जिवन गुजार गर्दै आएका छन् । उनलाई स्थानीयहरुले पनि सहयोग गर्ने गर्दछन् । उनको अवस्था निकै नाजुक र दया लाग्दो छ ।

शनिबार घिमिरेको संयोजनमा सहयोगी भावका (रासम) का टिम नवराज श्रेष्ठ, विश्व श्रेष्ठसहित सहयोगी भावक जिवन बसेल, रत्न अछामी र संचारकर्मी रजन राम्तेलले पीडितको स्थानमा पुगी सहयोग सहयोग गरेका हुन् ।

फोटो हेर्नुहोस्

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु