शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विश्वभर काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १९ लाख नाघ्याे
समाचार

विश्वभर काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या १९ लाख नाघ्याे

पुस २५,
काठमाण्डाै । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ लाख नाघेको छ ।

अहिलेसम्म काेराेना कारण १९ लाख आठ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डाेमिटरले जनाएको छ । विश्वमा अहिले आठ करोड ८६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यसमध्ये ६ करोड ३६ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् ।

विश्वमा कोरोनाका दुई करोड ३० लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । विश्वभर शुक्रबार (आज) मात्रै एक लाखभन्दा धेरै सङ्क्रमित थपिएकाे वर्ल्डाेमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वका १८ वटा देशमा १० लाखभन्दा धेरै सङ्क्रमित देखिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु