शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हङकङमा आगलागीमा परेर ज्यान गुमाएका ९ जनासहित कोरोना संक्रमितको उपचारका क्रममा संक्रमण भएर मृत्यु भएका दुई जना डा.को निधनमा कांग्रेसद्वरा दुःख व्यक्त
समाचार

हङकङमा आगलागीमा परेर ज्यान गुमाएका ९ जनासहित कोरोना संक्रमितको उपचारका क्रममा संक्रमण भएर मृत्यु भएका दुई जना डा.को निधनमा कांग्रेसद्वरा दुःख व्यक्त

मंसिर ०४

काठमाडौं । नेपाली कांग्रेसले बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधनमा दुःख व्यक्त गरेको छ । बिहिबार शोक पत्र जारी गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दुःख ब्यक्त गरेका हुन् ।

दुबै वरिष्ठ चिकित्सक प्रति सभापति शेरबहादुर देउवाले उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका हुन् । दुबैसँगको पुरानो ब्यक्तिगत स्मृति गर्दै सभापतिले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् । मृतक दुबै  जनाको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुबै थरिको उपचारमा संलग्न देशभरका स्वास्थकर्मीहरुको सुरक्षामा विशेष ध्यान पुर्याउन सरकारलाई आग्रह गरेका छन् ।

हङकङबासी नेपालीमा गहिरो समवेदना
त्यस्तै सभापति देउवाले केहिदिन अघि नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर ९ जना नेपालीको निधन भएकोमा पनि दुःख व्यक्त गरेका छन् ।  जन्मदिन मनाउने क्रममा भएको रमाइलो जमघट मृत्युको कहाली लाग्दो स्थितिमा पुग्नु हृदयविदारक भन्दै सभापति देउवाले मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन र हङकङबासी नेपाली समुदायमा समवेदना व्यक्त गरेका हुन् । साथै अस्पतालमा उपचाररत अन्य घाइतेहरुको सिघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु