सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • गाउँमै बिद्युत मिटर बक्स पाएपछि स्थानिय हर्षित
रामेछाप बिशेष

गाउँमै बिद्युत मिटर बक्स पाएपछि स्थानिय हर्षित

असोज २३,

रामेछाप । नेपाल बिद्युत प्राधिकरण रामेछाप बितरण केन्द्रले स्थानिय उपभोक्ताहरुलाई सहजताका लागि दुर्गम गाउँ–गाउँमै पुगेर स–शुल्क बिद्युत मिटर बक्स बितरण गरेको छ । सैपुमा विद्युतिकरण भएका उपभोक्तालाई राहात पुगोस् भन्ने उद्धेश्यले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरुको घरघरमा राख्ने मिटर बक्स गाउँमै पुर्याएर बितरण गरेको हो । उपभोक्ताले दुर्गम गाउँवाट हजारौं रुपैयाँ खर्चेर मिटर लिन सदरमुकाम मन्थलीसम्म धाउनु पथ्र्यो ।  गाउँमै मिटर पुर्याईदिदा उनीहरुको खर्च र समय दुबै जोगिने भएकाले कार्यालयले यो सुविधा उपभोक्ताहरुलाई दिएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख बिनोद अधिकारीले बताए ।

उनले भने– वडा कार्यालयवाट आएको सिफारिसको आधारमा कार्यालयले ती फाइलहरु अध्ययन र रुजु गरेर आवश्यक कागजात पुगेका उपभोक्तालाई मिटर बक्स बितरण गरेका हौं । कतिपय उपभोक्ताहरुले कागजात नपुगेको कारण मिटर बक्स पाउन सक्नु भएको छैन् । उनीहरुले पनि आवश्यक कागजात पुर्याए भने हामी गाउँमै मिटर उपलव्ध गराउन सक्छौं प्रमुख अधिकारीले जानकारी दिए ।

मिटर बक्स बितरण कार्यक्रम लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुका वडा अध्यक्ष पदमवहादुर तामाङ्गको अध्यक्षतामा भएको थियो । मिटर बक्स बितरण कार्यक्रममा नेकपाका पूर्व सांसद देवशकर पौडेल, लिखु तामाकोशी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष दिपशिखा दाहाल लगाएतको टोली सैपु पुगेको थियो ।

मिटरबक्स बितरण कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एवं मिटर बितरणकी अतिथि दिपशीखा दाहालले लिखु तामाकोशी गाउँपालिकाको पहिलो लक्ष्य भनेकै उज्यालो लिखु बनाउने सपना थियो । त्यो स्थानिय तहको निर्वाचित टिमले ३ वर्षको अवधिमा उज्यालो लिखु बनाउन सफल भएको भन्दै उज्यालो लिखु बनाउने अभियानमा सहयोग पुर्याउने सवैप्रति आभार व्यक्त गरिन ।

त्यस्तै मिटर बक्स कार्यक्रमका प्रमुख अतिथि नेकपाका पूर्व सांसद देवशंकर पौडेलले विद्युत गाउँमा बल्ने भएपछि गाउँका सबै उपभोक्ता हर्षित भएको बताए । उनले भने– विद्युत आएपछि बत्ती वाल्न, पानी तान्न, घरेलु उद्योग र कुटानी पिसानी मिलहरु समेत संचालन गर्न सहज हुने छ । त्यस्तै विद्युतको नाङ्गो तार छोएमा ज्यान समेत जान सक्ने भएकाले सवै उपभोक्ताले होसियारी र सावधानी पनि उत्तिकै अपनाउनु पर्ने धारणा राखेका थिए ।

मिटरको पैसा जहाँ गए पनि तिर्नु पथ्र्यो । गाउँमै विद्युतको मिटर पाउँदै ज्यादै खुशी लागेको   छ । लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुका कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने– मिटर लिन हामी सदरमुकामसम्म धाउनु पथ्र्यो । पैसा त्यतिकै खर्च हुन्थ्यो भने समयको पनि उत्तिकै बर्बाद हुन्थ्यो । अहिले गाउँमै मिटर पाउँदै खुशी लागेको बताए ।

कार्यक्रमका अध्यक्ष पदमबहादुर तामाङले उपभोक्तालाई विद्युत मिटर दिलाउन धेरै कागजी डकुमेन्टहरु मिलाउन झन्झटिलो भएकाले केही लामो समय लागेको भन्दै धेरै मेहेनत र सघर्षका कारण गाउँमै मिटर उपलव्ध गराउन सफल भएको जानकारी दिए । यस कार्यमा सहयोग पुर्याउने नेपाल विद्युत प्राधिकरणका सबै कर्मचारीहरुलाई उनले धन्यवाद व्यक्त गरे ।

प्राधिकरणले भर्खरै मात्र विद्युतीकरण गरेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं–२ सैपुका करिब ४ सय घरपरिवारलाई विद्युत मिटर बक्स गाउँमै लगेर वितरण गरेको हो । केही महिना अघिदेखी लिखुतामाकोशी गाउँपालिकाको सैपुमा विद्युतीकरण गर्ने जिम्मेवारी लिएको शिव निर्मल निमार्ण सेवा कम्पनीले विद्युतको पोल र तार तान्ने काम सकेको सो कम्पनीका प्रमुख राजेश राउतले जानकारी   दिए ।

उनले भने– हाम्रो कम्पनीले पाएको जिम्वेवारी हामीले पुरा गरेका छौं । अब मिटर बितरण गर्ने र उपभोक्ताहरुको घरघरमा गएर मिटर ठोक्ने र विद्युत लाइन छाडने काम नेपाल विद्युत प्राधिकरण रहेकाले आफ्नो तर्फवाट सवै काम सकिएको छ । प्राधिकरणले विद्युत लाइन छाड्दा लाइनमा केही समस्या भएमा कम्पनीको तर्फवाट तत्काल सुधार गर्ने प्रमुख राउतले बताए ।

सातवटा वडा कार्यालय रहेको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २ सैपु वाहेक अन्य सवै वडामा विद्युतीकरण भइसकेको छ । बत्ति बल्न बाँकी रहेको सैपुमा एक÷दुई दिनभित्र बत्ति बाल्ने गरी काम अघि वढाइएको विद्युतकर प्राणिकरण रामेछापले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु