भद्रा १५ , काठमाडौँ
कोरोना भाइरसको महामारी बढ्दै गएको र गोकर्णेश्वर नगरपालिकामा पनि सङ्क्रमित बढ्दै गएको कारणले गर्दा लायन्स क्लब 325A1 द्वारा गोकर्णेश्वर नगरपालि स्थीत् जगडोल सहिद पार्कको भवनमा आइसुलेसन निर्माण भएको छ|
आइसुलेशनामा बस्ने हरुको लागि टिभीको व्यबस्था, सी सी क्यामेरा पनि रहने र विशेषगरी कोठा भाडामा बस्ने जनताहरुलाई आइसुलेशनको समस्या भएको बताउँदै कोरोनाको लक्षण देखा परेका व्यक्तिहरुलाई राख्नको लागि सो आइसुलेशन निर्माण गरिएको हो|
आइसुलेशान निर्माणमा लायन्स क्लब 325A1 का सदस्यहरुद्वारा रकम संकलन गरेको र गोकर्णेश्वर नगरपालिका ले पनि सहयोग गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताउनुभएको हो
आज सोही नगरपालिकाका प्रमुख सन्तोष चालिसे लगायत क्लबका वरिष्ठ व्यक्तित्वहरू द्वारा उक्त औसुलेशन अनुगमन गर्नुभएको थियो|
कोरोना संक्रमितलाई अन्य सवारी साधन र एम्बुलेन्सले बोक्न नमान्ने समस्यालाइ ध्यानमा राखेर नेपाल मेडिकल कलेजसँग समुन्वयन गरी गोकर्णेश्वर नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको समेत गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले बताउनु भयो |
फेसबुक प्रतिक्रियाहरु