शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिका कोरोनाको उच्च जोखिममा
राजनीति

लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिका कोरोनाको उच्च जोखिममा

जुनेली न्युज |  सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका कोरोनाको उच्च जोखिममा परेको छ । पछिल्लो समय नेपालमा महामारीको रुप लिदै गएको कोभिड-१९ कोरोना भाइरस यस क्षेत्रमा पनि देखिएको छ ।

लिखु हाइड्रोपावरको साइट अफिस किन्जामा गरिएको कोरोना परिक्षणमा हाइड्रोपावरमै कार्यरत एकजना चालकको रिपोर्ट पोजेटिभ आए पछि यस्को प्रभाव यस क्षेत्रमा देखिएको हो । हिजो आएको रिपोर्टमा चालक लाई कोरोना पोजेटिभ देखिएको प्रहरी कार्यालय किन्जाले जानकारी दिएको छ। उनलाई हाइड्रोपावरको हाताभित्र रहेको क्वारेन्टाइनमा राखिएको पनि कार्यालयले जनाएको छ । यो सगै यस क्षेत्रका जनतामा चिन्ता बढेको छ। उनिहरुले यस अघि कुनै संक्रमण नदेखिएको समयमा पालिकाले रातारात हेल्थडेस्क निर्माण गरेर चेकजाँच गरिएको हो |

अहिले देशभर महामारीको रुप लिएर ३५ हजार बढी संक्रमीत हुँदा को आए? कहाँ बाट आए ? कुन अवस्थामा आए? भनेर कुनै जानकारी नराखेको कसैको रिपोर्ट राख्ने नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन । हाइड्रोपावरमा राखेको PCR मेसिनको वैधानिकता माथी प्रश्न चिन्ह रहेको पालिका स्वास्थ्य शाखाले बताएको छ । PCR मेसिन राख्दा सरकारको अनुमती लिनुपर्ने , मेसिनको गुणस्तर मापन हुनुपर्ने र स्वास्थ्य शाखामा नियमित रूपमा रिपोर्टिङ हुनुपर्ने भएपनी त्यस्तो नभएको भन्दै स्वास्थ्य शाखाले असन्तुष्टि जनाएको छ। कोरोनाले महामारिको रुप लिदा सम्म पनि पालिका स्तरीय २५ सदस्यीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठक नबसेको , आज सम्म भएको खर्चको विवरण सार्वजनिक नगरेको र पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले एकलौटी गरेको भन्दै समितिका अन्य सदस्यीहरुले व्यापक बिरोध गरेका छन ।

यस्तो महामारीमा पनि अध्यक्षले एउटा सामान्य पत्रका आधारमा बाहिर ननिस्कनु निस्केमा प्रहरी लगाउने भन्दै गरेको पत्राचारले उनले जिम्मेवारी बहन गर्न नसकेको चौतर्फी बिरोध हुँदापनि हाइड्रोपावर प्रती अध्यक्ष लचिलो हुनु आश्चर्यको बिषय रहेको कार्यपालिका सदस्यले नै बताउन थालेका छन । समयमै गम्भीर नबने हाइड्रोपावर आसपासको क्षेत्रमा स्थिति नियन्त्रण बाहिर जाने निश्चित देखिन्छ । यसतर्फ सबैको ध्यानाकर्षण हुनु अत्यन्तै जरुरी छ। स्वास्थ्यकर्मी र सुरक्षामा खटिएका सुरक्षाकर्मिको सेवा सुबिधाका बारेमा कुनै निर्णय नहुदा जोखिम मोलेर काम गरि रहेका उनिहरुको मनोबल बिस्तारै घटदै गइरहेको स्पष्ट देख्न सकिन्छ।

फेसबुक प्रतिक्रियाहरु