शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो
समाचार

काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो

कोरोना

भदौ १५,
काठमाडौं । पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् ।

देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ले २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ ।

देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या २२८ जना पुगेको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु