शुक्रबार, बैशाख १४, २०८१
समाचार

सुनचाँदीको भाउ बढ्यो

भदौ १५
काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु