शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भिख मागेर राहत वितरण गर्छु भन्दा वालुवाटारबाट कांग्रेसी पक्राउ
समाचार

भिख मागेर राहत वितरण गर्छु भन्दा वालुवाटारबाट कांग्रेसी पक्राउ

काठमाडौं । नेपाली काँग्रेस (वीपी) का नेता तथा कार्यकर्ता आज वालुवाटारबाट पक्राउ परेका छन् । सरकारले कोरोना भाइरस रोकथामको लागि लकडाउन र निषेधाज्ञालाई मात्र विकल्पको रूपमा लिई नागरिकलाई घरमै थुनेर राखेको भन्दै पार्टी महामन्त्री तथा पूर्वमन्त्री सुशीलमान शेरचनको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारको नेपाल राष्ट्र बैंकअघि भिख मागी जनतालाई राहत बाँड्न भन्दै सक्रिय रहेका बेला आज प्रहरीले धरपकड गरेको पार्टीका कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए । प्रहरीले पानीको फोहोरा प्रहार गरेको उनले जनाए । घटनामा महामन्त्री शेरचन घाइते भएका छन् ।

No description available.

प्रहरीले धरपकड गर्दा नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ, नेविसंघ (विपी) का महामन्त्री विकास पाण्डे, तरुण दलका केन्द्रीय सदस्य सर्वजित शेरचन र जितकुमार थापा, नेविसंघ (विपी) नुवाकोट जिल्ला अध्यक्ष तथा केन्द्रीय कार्यालय सचिव सुशीलराज वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिई कमलपोखरी प्रहरी चौकीमा राखेको छ । पार्टीले भिख मागेर सर्वसाधरणलाई राहत वितरण गर्ने योजना बनाएको छ । पार्टीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताको माग पनि गरेको छ । पार्टीले लकडाउन र निषेधाज्ञाले व्यापार, व्यबसाय तथा उद्योग कलकारखाना तहसनहस भएको भन्दै यसबारेमा सरकारले के सोचिरहेको छ भनेर प्रश्नसमेत गरेको छ । पार्टीले अन्य समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रतक्ष्य रुपमा खटिने स्वास्थ्यकर्मी, प्रहरीका साथै अन्यलाई विशेष भत्ता उपलव्ध गराउन पनि पार्टीले सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले महान कार्यमा लागेका नेता कार्यकर्तालाई प्रहरीले बिनाकारण धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । आज एक विज्ञप्ती प्रकाशित गरी उनले बिनाशर्त रिहा गर्न पनि प्रहरी प्रशासनसँग अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु