साउन २४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रिपोर्ट शुक्रबार बेलुकी आएको हो।
प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा प्रधानमन्त्री ओली परेपछि स्वाब लिएर कोरोना परीक्षण गरिएको हो।file Photo
प्रधानमन्त्री केपी शर्मा आेलीकाे स्वाब परीक्षणको रिपाेर्ट नेगेटिभ आएकाे छ । प्रधानमन्त्रीज्यूसहित सुवासचन्द्र नेम्वाङ, डा.शिवमाया तुम्बाहाम्फे, विष्णु रिमाल, डा. राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे ।
सबैकाे रिपाेर्ट आज नेगेटिभ आएकाे छ ।— Surya Thapa (@ThapajiSurya) August 7, 2020
फेसबुक प्रतिक्रियाहरु