शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना महामारीयता ४४ हजारभन्दा बढी नागरिक स्वदेश फिर्ता
समाचार

कोरोना महामारीयता ४४ हजारभन्दा बढी नागरिक स्वदेश फिर्ता

प्रदेश १ का ९ हजार ५९६ जना कामदार स्वदेश

साउन २४,

काठमाडौं  । कोरोना (कोभिड-१९) महामारी सुरू भएयता शुक्रबारसम्म सरकारले विदेशमा अलपत्र परेका ४५ हजार ६ सय ४३ नेपाली कामदारलाई उद्धार गरेको छ। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार ३० मुलुकबाट नेपाली नागरिकको उद्धार गरिएको हो।

पहिलो प्राथमिकतामा रोजगारी गुमाएका, प्रवेशाज्ञा अवधि सकिएका, गर्भवती महिला र वृद्धवृद्धालाई सरकारले उद्बार गरेको हो। विदेशबाट फर्काएकामध्ये बागमती र कर्णाली प्रदेशका धेरै छन्‌। आफ्नै खर्चमा उनीहरु स्वदेश फर्केका हुन्। प्रदेश १ का ९ हजार ५९६ जना कामदार स्वदेश फर्किएका छन्। यीमध्ये युएईबाट सबैभन्दा बढी २ हजार ८८४ कामदार नेपाल फर्किएका हुन्‌। ​प्रदेश २ का ७ हजार ५ सय १४ कामदार फर्किएका छन्।

युएईमा रहेमा प्रदेशका २ हजार १२३ जना कामदार नेपाल आएका छन्। बागमती प्रदेशका १२ हजार ९ सय २३ जना फर्किएका छन्। यी मध्ये युएईबाट सबैभन्दा बढी ३ हजार ६४१ कामदार आएका छन्। गण्डकी प्रदेशका ५ हजार ८ सय ९७ स्वदेश फर्केका छन्। यी मध्ये युएईबाट १ हजार ८०० कामदार स्वदेश फिर्ता भएका छन्। प्रदेश ५ का ७ हजार ४७९ जना कामदार स्वदेश फर्केका छन्।

कर्णाली प्रदेशका १ हजार ४३ जना नेपाल आएका छन्‌। मलेसियाबाट प्रदेशका सबैभन्दा २७० जना आएका छन्। अमेरिका,बेलायत र टर्कीबाट १-१ जना स्वदेश फर्केका छन्। सुदूरपश्चिमका १ हजार १९१ फर्केका छन्। युएईबाट सबैभन्दा बढी ३६६ जना तथा टर्की,बेलायत, इजरायल, म्यानमार र हङकङबाट १-१ जना मानिस प्रदेशमा फर्केका हुन्‌।file Photo

फेसबुक प्रतिक्रियाहरु