साउन २४
काठमाण्डाै । नेपालमा ६ वटा जिल्ला कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।
महोत्तरी, पर्सा, रौतहट, काठमाण्डौमा भने पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लाे समय काठमाण्डाै पनि काेराेना सङ्क्रमणकाे उच्च जाेखिममा रहेकाे छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु