प्रकाशित द्वारा: बुधबार, असार ३१, २०७७
३१ असार,
काठमाडौं । अन्तर्राष्ट्रिय राइड-शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह सोमबार अमेरिकाको न्युयोर्कमा मृत फेला परेका छन् । उनको शरीर विखण्डित अवस्थामा फेला परेको बताइएको छ ।
प्रहरीले आधिकारिकरुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ पनि थिए ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सीसीटीभी फुटेजमा उनी मास्क लगाएका एक मानिससँग लिफ्टमा प्रवेश गर्दै गरेको देखिएको छ । उनको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको थियो । नजिकै एक विद्युतीय आरो पनि फेला परेको थियो ।
३३ वर्षीय सलेह बंगलादेशी आप्रवासीका छोरा थिए । उनले माध्यमिक शिक्षा लिँदै गर्दा पहिलो कम्पनी खोलेका थिए ।
उनले अन्य साथीहरुसँग मिलेर सन् २०१५ मा पठाओको स्थापना गरेका थिए । जुन, अहिले नेपाल र बंगलादेशमा लोकप्रिय छ ।
पछिल्लो समय उनले नाइजेरियामा मोटरबाइक ट्याक्सी एप गोकाडा पनि खोलेका थिए ।
स्रोत : बीबीसी
फेसबुक प्रतिक्रियाहरु