इतिहास, राजनीति र अर्थतन्त्र
विश्व ब्रमाण्ड विज्ञानको खोज अनुसन्धान र अनवेशणको चरम गतिमा दौडिरहेको अवस्थामा हामी पृथ्वी निवासी मानव जगत पनि यसको भरपुर प्रयोग गरिरहेकै छौँ । प्रकृतिको उत्पति देखि भनौ या हाम्रा पुर्खाले रचेको ढुंगे युग देखि हरेक रात दिन विकासको गति बढ्दो क्रममा नै छ । मानव सभ्यताको विकास देखि लिएर मानव बस्ती र शहरको विकास हुँदै आजको विज्ञान मंगल ग्रहमा कृषि उत्पादन अनि मानव बस्तीको समेत बिस्तारको क्रममा छ । यति मात्र नभै अबतः प्रति मिनेटको जलवायु परिवर्तनलाई समेत विज्ञानले सुचना कैद गर्दै हाम्रो सामु सम्प्रेषण गरि रहेको छ । जोतिष विज्ञान र विज्ञानको तुलना गर्ने हो भने विज्ञान नै प्रत्यक्ष प्रमाणित सिद्धान्तको रुपमा विश्व मान्न बाध्य छ । तथापी महामारी तथा अनिष्ठ बेलामा यो सृष्टिको हरेक मानिस आ–आफ्नै इष्ट देवको नाम द्वारा साहारा मागि रहेका हुन्छन नकि विज्ञानको आविष्कारक । आज विज्ञान अनि अध्यात्म यसरी नै दुई धुर्वमा केन्द्रित छ ।
चिनको कृतिम चन्द्रमा, मंगल ग्रहको मानव बस्ती हेर्दा विज्ञान नै प्रमाणित छ भने पुँजीवादी शासक, सम्पूर्ण सुख, अमन चयन, पालन पोषणमा जन्मिएका गौतम बुद्ध हेर्दा अध्यात्म, जिवन, जगत, जन्म, मृत्यु र मोक्ष अध्यात्म विना अपूर्ण छ र रहेको इतिहास पनि हाम्रो सामु ताजा नै छ ।
यसरी नै राजनैतिक, धार्मिक र आर्थिक क्रान्ति द्वारा समाविष्ठ हुदै गरेका मानिसहरुको वर्ण र भेषको रुपमा विश्वका कैयौ राज्य भौगोलिक आधारमा राज्य निमार्ण हुँदै गए । केही भुगर्वका बहुमुल्य बस्तुका कारण अन्तरद्वन्दले विजय हासिल गर्दै मुगल राज्य जस्ता अनेकौ राज्य बने । जसरी राज्यको निर्माण भए पनि मानव सभ्यता आफ्नो इष्ट देवको नाममा सामाजिक सन्तुलन कायम ग¥यो । यस्तै क्रममा नेपाल पनि अलग रहन सकेन । लिच्छिवी राज्य, किँरात राज्य, खस राज्य आदि इत्यादी हुँदै अन्तमा सबैको साझा हिन्दु राज्यको रुपमा चिन र भारतको बिचमा एउटा स्वतन्त्र राज्य स्थापित भयो । यसै क्रममा कयौं शासकको हातमा यो राज्यको लगाम प¥यो र समय अनुकूल आफ्नो शक्तिको आधारमा विकासको गति तय हुदै गयो ।
हरेकले आफ्नो सत्तारोहणमा केहि न केहि इतिहास रचेको नै पाइन्छ । राणकालमा पानी, भवन र धार्मिक इतिहासको जति जगेर्ना अन्य शासन कालमा पाइदैन । शाह कालिन समयमा पनि हुलाक सेवा, हुलाकी राजमार्ग, विश्व विद्यालय तथा पठन पाठन, बौद्धिक बिकास नागरिकमा स्वस्थ्य सेवा केन्द्र आदि इत्यादी अनेकौ बिकास हुँदै आए । बर्तमान परिपेक्ष्यमा २००७ साल देखि नेपाल प्रजातन्त्रको उज्यालो प्रकाशमा केन्द्रित भएको छ । अनेकौ बादशाहहरुको उदय भयो अभ्यास केन्द्रको रुपमा आलोपालो राज्यको बागडोर समाल्ने काम भयो । यसमा कैयौ उपलब्धि भए, रगतले परिवर्तको इतिहास को¥यो । जनताको इच्छाद्वारा मताधिकार प्रयोग गर्दै गणितिय सत्ताधारीहरु तयार भई रहेका छन् । जनताको छोरो, जनताको नेता, जनताद्वारा स्थापित सरकार बनिरहेकै छन् । प्रजातन्त्रले विश्वको धुव्रिकरण छोटो गरायो । शिक्षामा स्थर उन्नति ग¥यो । राज्यको आय वृद्धि भयो । जनतामा समृद्धिको सपना मौलायो भने विकास प्रवलता तर्फ उन्मुख भयो । अन्तत्वोगत्वा राजनैतिकमा सकुनीहरुको उदय हुदैँ गयो । स्थिर निमार्ण भएको सरकारमा धमिरा लाग्ने गर्छ अल्पायुमा मृत्यु हुन्छ पुन अर्को सरकार राज्यलाई कौरव पाण्डवले खेलेको जुवाको जस्तो राज्य बनाइदैछ । सबै दलका शिर्ष नेताहरु प्रधानमन्त्रीको कुर्सीमा तातो आलुको खेल नखेलेका भने छैन्न । सबैको भाग पुगी सके जस्तो लाग्छ फेरि किन गिद्धे दृष्टि पर्ने गर्छ त्यहि बुडो कुर्सिमा ।
प्रजातन्त्र भनेको यदि क्रिकेट मैदाननै हो भने जनता सिक्सरको मजा लिने छन् । पत्रिकाको पेज र टि.भि.का पर्दामा समय काट्लान तर जनताका आवाज विकास र रोजगारीको पक्षमा छ हुनु पर्छ र खवरदारी गर्नु जरुरी छ अन्यथा पुर्ण कन्चटमा गोलि, छातिमा तरवार आफ्नो आँखामा कैद गर्दै नेपाल आमाको काखमा अकाल मृत्यु वरण गर्न बाध्य हुनुपर्ने अर्को इतिहास नआउला भन्न सकिन्न । हामी नेपालीबाट पराधिन हुदै गएको स्वाभिमान, पुर्खाको गौरव हिन्दु राज्य आफ्नो संस्कृति र मौलिकता कहाँ, कसरी र को संग खोज्ने हो ? आज आम नेपालीको अन्तरहृदयको चासोको विषय बन्न सक्छ । परिवर्तन प्रकृतिको नियम हो । रोकेर रोकिन्न र सकिन्न पनि ग्रहण गर्नै पर्छ चाहे त्यो स्वाभाविक रुपमा होस या अस्वाभाविक रुपमा, आज विश्व यसैको चपेटामा गुज्रिरहेको छ । जुन कोरोना नामले वयाप्त छ । हामी मानव समुदाय पनि यसैको चपेटामा निष्कृय भएर बसेका छौँ । हाम्रो शरिर, बुद्धि, सामाथ्र्य आदिको प्रयोग शुन्यतामा छ । किन र को संग त्रसित छौ त भन्दा मृत्यु संग, महामारी संग… ।
हजारौ बर्ष देखि प्रदुषित प्रकृतिक माता हामी सबै भन्दा शक्तिशाली बनेकी छन् । कतै हाम्रो व्यवहार दुस कर्म आदि ईत्यादिको कारणले त यसले सन्तुलन खोजेको त होइन् अनुमानको विषय भएको छ । तर पनि विज्ञान समस्या सामाधानमा निरन्तर लागि परेको छ । हाम्रो आशाको दियो निभेको छैन, हुन्न पनि ।
आज लकडाउनको ४० औँ दिन पार गर्दा नेपालको परिपेक्षमा राज्य भन्दा गरिव दिन दुखिको साथमा जनतानै अग्रज देखिन्छ । तथापी सरकारद्धारा गरिएको निर्णयहरु भने स्वागत योग्य नै छ । राहत देखि साझ बिहान खाना खुवाउने दृश्य परिदृश्यहरु सामाजिक व्यक्तित्व र सामाजिक अभियान्ताहरु नै अगाडि बढि कार्य गरेको पाईएको छ । जुन स्वागत योग्य मात्र नभई धन्यवादका पात्र रहेका छन् । यसलाई सरकारी निकायबाट पनि सम्मान गर्न अनिवार्य देखिन्छ । यहिनै नेपालीहरुको राष्ट्रिय पहिचान र नाता हो । त्यसैकारण हामी नेपाली हौ । हाम्रो अन्धसंस्कारले राखेको जातजाति पेशा र वर्गको अन्तर यहाँ अन्त भएको पाईन्छ । ईतिहासमा भएका उल्लेख्य परिवर्तन मध्यको यो पनि एक हो । यहाँ प्राण र मृत्यु सँग एउटै जात भएको छ त्यो हो नेपाली । विश्वलाई चिनाउने अन्तराष्ट्रिय जात पनि नेपाली नै रहेछ ।
अव अर्थतन्त्रको कुरा गरौ त, समाज उदासिन अवस्थामा छ अवसरहरु समाप्त भएका छन् चाहे त्यो घर वाला होस्, उद्योगपति होस्, ब्यापारी होस या पेशागत वर्ग अथवा दैनिक ज्यालादारी होस्, स्रोत विनाको निकाश कसरी धान्ने ? राज्य केवल बजेट निमार्णमा अघि वढ्छ त राज्यले दिने भनेको सुविधा पनि यिनै वर्गकै लागि हो । जनता यदि विषम परिस्थितिमा गुज्रि रहदाँ राज्य कसरी सफल हुन सक्छ । हाम्रो विकल्प के ? कसरी उत्पादन वृद्धि गर्ने ? भन्ने विषय चुनौतिको रुपमा छ ।
राज्यले राजस्वद्वारा जनता पिडित गराउनु भन्दा पनि अवसर प्रदान गरि देशमा भएको साधन र स्रोतको सहि सदुपयोग र उत्पादन वृद्धिमा जोड दिन समयानुकुल होला । कृषि जलस्रोत जडिवुटि र पर्यटन हामि नेपाली माझ अमुल्य निधि हुन् । जनशक्तिको प्रचुर मात्रामा प्रयोग गरि यसको उपयोगितामा जोड दिनुनै नेपालको अर्थतन्त्रको मुल आधार हुन सक्छ । कोरोना जस्तो बिषम परिस्थितिमा बैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले राज्यको भारमा खासै टेवा पुग्ने देखिन्न बजेटको सहि लगानी, अनावश्यक चुवावट र भ्रष्टचार नियन्त्रण पनि अर्थतन्त्रको अर्को पाटो हुन सक्छ । जनता तपाई राज्य सँग आशावादी छन्, नैराष्य हुदैनन् र हुन पनि हुन्न् । घृणित राजनैतिक खेल यो संकट पुर्ण आर्थिक संकटको बेलामा उपयुक्त हुन सक्छ । बिरोलोले कुवाको पानीमा हेर्दा बाघको परिकल्पना ग¥यो भने देशले अर्को पिडा भोग्नु पर्ने हुन्छ । गल्ति गर्नु आलोचित बन्नु मानव जिवनको समाजिक अभ्यास हो । आत्मा आलोचना द्धारा सुधार र परिवर्तन विकासको गति हो । भोट र नोटले शक्तिशाली बन्नु भन्दा पनि नेपाली छोरा बन्न जनताले रगत र पसिना बगाई तपाई राजनैतिक कर्मिहरुलाई गाउँ, टोल, शहरबाट प्रतिनिधि पठाएका हौँ सहि काम गर्नुहोस् हाम्रा समाजमा छुटपुट घटना घट्ने गरेका पनि छन्, कहिले जुत्ताको माला लगाईएका छन् त, कहिले ईस्टेजमा जनताका झापड गालामा उपहार पनि बनेका छन् सदा स्मरण रहोस् । कृपया गाउँ घर र गोठ अनि गुद्रुक ढिडो साग र सिस्नु नविर्सिन जनता आग्रह गर्दछन् अर्थतन्त्र र तपाईको भविष्य नेपाली धर्तीमा कमजोर हुने छैन् जनतालाई थोपर्ने कर र प्रतिव्यक्ति ऋणले कसैको शान्ति र भलो हुनेवाला छैन् । यस्तो भएमा अर्थतन्त्रमा धमिरा लाग्ने छ राज्यले काचुली फेर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न गरिवि र भोका पेटहरु सडक तताउन अघि बढ्ने छन् । अन्धकारमा यात्रा गर्नु भन्दा बिहानीको प्रतिक्षा गर्नु राम्रो हुन्छ । जय देश जय नेपाल ।
फेसबुक प्रतिक्रियाहरु