बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संख्या ८२
समाचार

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, संख्या ८२

२३ वैशाख,

काठमाडौं । बाँकेको नेपालगञ्जमा नेपालमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु