बैशाख १२ ,
काठमाडौँ | टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोगमा साथै नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा मिति:२०७७/०१/११ गते बाहिर जिल्लाबाट काठमाण्डौंमा अध्ययन गर्न आएका दलित विद्यार्थीहरूलाई र दलित समुदायका मजदुर तथा विपन्नहरु ३०० वटा परिवारलाई राहत वितरण गरेको छ ।
विशेष भूमिका: माननीय मीन विश्वकर्मा ज्यू, आदरणीय हरिशरण नेपाली ज्यू, आदरणीय दीपक सोनी ज्यू, आदरणीय शेरब बहादुर तामाङ ज्यू, टेक बहदुर वि.क ज्यू, सुवास बराईली ज्यू र सहयोगी अरु सम्पूर्णलाई नेपाल दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले हार्दिक धन्यवाद व्यक्त गरेका छ |। “समाज सेवा त राष्ट्र सेवा” जय नेपाल ! जय मानव !!!
फेसबुक प्रतिक्रियाहरु