शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • टेगार फाउन्डेसन नेपालद्वारा ३०० परिवारलाई राहात वितरण
समाचार

टेगार फाउन्डेसन नेपालद्वारा ३०० परिवारलाई राहात वितरण

बैशाख १२ ,

काठमाडौँ |  टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोगमा साथै नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा खाद्यान्न वितरण गरेको हो |

मिति:२०७७/०१/११ गते बाहिर जिल्लाबाट काठमाण्डौंमा अध्ययन गर्न आएका दलित विद्यार्थीहरूलाई र दलित समुदायका मजदुर तथा विपन्नहरु ३०० वटा परिवारलाई राहत वितरण गरेको थियो | राहतमा प्रति परिवार १ बोरा चामल,५ केजी दाल, २ लिटर तेल र २ प्याकेट नुन रहेको थियो।
साथै जोरपाटी चोकको मजदुर तथा विपन्न वर्गलाई खाना खुवाउने ठाउँमा समेत १० बोरा चामल, ५० केजी दाल, २० लिटर तेल र २० पोका नुन् सहयोग गरेको हो। त्यस्तै जोरपाटी भेगका दलित हरुलाई समेत जम्मा पारेर तामाङ गुम्बा नजिक र बराल पम्प सुनार टोलमा समेत सोही अनुसारको खाद्यान्न वितरण गरेको थियो।

विशेष भूमिका:  माननीय मीन विश्वकर्मा ,  हरिशरण नेपाली ,  दीपक सोनी , राजु सुनार,   शेरब बहादुर तामाङ ज्यू, टेक बहदुर वि.क , सुवास बराईली  र सहयोगी अरु सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। “समाज सेवा त राष्ट्र सेवा” जय नेपाल ! जय मानव !!!

फेसबुक प्रतिक्रियाहरु