शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मेयर रिसालको हातबाट समाज डेन्टल हस्पिटलको शाखा बौद्ध-जोरपाटीमा उद्घाटन, यति धेरै छुट हेर्नुहोस
गोकर्नेश्वोर बिशेष

मेयर रिसालको हातबाट समाज डेन्टल हस्पिटलको शाखा बौद्ध-जोरपाटीमा उद्घाटन, यति धेरै छुट हेर्नुहोस

जुनेली न्युज, काठमाडौँ |

समाज डेन्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर नगरपालिका वडा नं ६ बौद्ध जोरपाटीमा खुलेको छ  | आज गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको हातबाट रिबन काटेर अधिकारिक रुपमा सेवा प्रदान गर्ने गरि उद्घाटन भएको हो | कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, अन्य वडा सदस्यहरु साथै गोकर्णेश्वर नगरपालिका नगर प्रमुखका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपालि काँग्रेस नगर समिति सभापति कुमार लामा सहितको उपस्थिति रहेको  थियो |

“दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका साथ समाज डेण्टल हस्पिटलको शाखा खुलेको हो | समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध – जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।

सम्पुर्ण सेवाहरुमा ५०%  छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सबिन घिमिलेले  जुनेली न्युजलाई बताए |

प्रबन्धक घिमिरिले एतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी व्यक्त गरेका छन। सामन्य शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरेको घिमिरेले बताए ।

समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ ।

काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर ,जाउलाखेल ,बिपि अस्पताल ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा चौकी , बनेपा र गठाघर भक्तपुरमा समेत  रहेको छ् ।

फेसबुक प्रतिक्रियाहरु