शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल यातायात मजदुर संघद्वारा स्वर्गीय सुमन तामाङको परिवारलाई आर्थिक सहयोग
गोकर्नेश्वोर बिशेष

नेपाल यातायात मजदुर संघद्वारा स्वर्गीय सुमन तामाङको परिवारलाई आर्थिक सहयोग

जुनेली न्युज, काठमाडौँ |

नेपाल यातायात मजदुर संघ गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल इकाईमा आबद्ध सुमान तामांग बिरामी भइ हस्पिटलमा उपचारको क्रममा मृत्यु भए पश्चात  यातायात मजदुर संघ सुन्दरीजल इकाइले आर्थिक सहयोग गरेको छ |

तामांगको परिवारको आर्थिक अबस्था अत्यन्त नाजुक भएकाले उनको श्रीमती सरस्वति बि.क  र  ४ बर्षीय छोरी रेस्मी बि.क को पालनपोषण  साथै शिक्षाको लागि थप सहयोग पुगोस भन्ने हेतुले यातायात मजदुर संघको कार्यसमीती र ब्यबसायी कान्छाराम तामांगको तर्फबाट केही आर्थिक सहयोग गरेका हुन्| सहयोगमा पिडित परिवारलाई खाद्यान्नका साथै आर्थिक रकम सहयोग गरेर थप हौशला प्रदान गरेको लाक्पा लामा तामाङले जुनेली न्युजलाई बताए |

नेपाल यातायात मजदुर संघ गोकर्णेश्वर न पा १ सुन्दरिजल इकाइको विशेष पहलमा यस नगरपालिकाको नगर प्रमुख दिपक कुमार रिसालले आर्थिक सहयोग गरिदिनु भएकोले मुत्यु भएको सुमन तामाङको परिवारलाइ आर्थिक र खाद्यान्न सामग्री प्रदान गर्न सकिएको संघका लाक्पा लामा तामाङले बताउनु भएको छ | “फेरि पनि यस्तै दुखको समयमा हाम्रो मनकारी र कुसल नेता नगर पिता दिपक कुमार रिसाल ज्युले सहयोग गर्नु हुन्छ भने आशा राख्दै धन्यवाद र मेयर साबको उतरउतर प्रगतिको कामना गर्दछौ भन्दै लामाले बोल्ने क्रममा भनेका थिए |”

उपत्यका सीटी  यातायातको प्रतिनिधित्व गर्दै बिक्रम पौडलले पनि सहयोग गरेका थिए |

फेसबुक प्रतिक्रियाहरु