शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मेयर रिसालले दिए ट्राफिक प्रहरीलाई यति धेरै डिभाइडर, किन दिए हेर्नुहोस
गोकर्नेश्वोर बिशेष

मेयर रिसालले दिए ट्राफिक प्रहरीलाई यति धेरै डिभाइडर, किन दिए हेर्नुहोस

जुनेली न्युज, काठमाडौँ |
गोकर्णेश्वर नगरपालिकाद्वारा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
नगरपालिकाले सडक सुरक्षाका लागि विभिन्न स्थानमा डिभाईडर राखेको छ । सुन्दरीजल ब्यारेक अगाडी, जोरपाटी चोक, अरब बैंक, नारायणटारमा सडक सुरक्षा र यातायात व्यवस्थापनका लागि डिभाईडर राखेको हो ।
No description available.
आज डिभाईडर राख्ने कार्यक्रम नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, नगर प्रबक्ता नारायण सुबेदी,  वडा अध्यक्ष नवराज लामा, युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष : संजाय लामा, नगरपालिका राजनीतिक सल्लाहकार कुमार लामा , शम्भु अधिकारी ,ट्राफिक कार्यालय नारायणटारका प्रमुख उपेन्द्र खरेल लगायतका व्यक्तित्वहरुको उपस्थितीमा भएको थियो ।
No description available.
सो अवसरमा नगर प्रहरी, ट्राफिक प्रहरी र सामुदायिक प्रहरीको उपस्थिती रहेको थियो । नगरपालिकाले ट्राफिकसँग सहकार्य गर्दै ठूला डिभाईडर ३५ र साना टि सेफ्टी ८० वटा राख्ने भएको छ ।
No description available.

फेसबुक प्रतिक्रियाहरु