बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गैर आबासीय नेपाली संघ बेलायतको प्रबक्तामा शशांक शर्मा र महिला सचिवमा सपना खनिया नियुक्त
Breaking News

गैर आबासीय नेपाली संघ बेलायतको प्रबक्तामा शशांक शर्मा र महिला सचिवमा सपना खनिया नियुक्त

जुनेली न्यून, बेलायत।

गैर आवासीय नेपाली संघ बेलायतले प्रबक्तामा शशांक शर्मा र महिला सचिबमा श्रीमती सपना खनियालाई नियुक्त भएका छन् । यही नोभेम्वर २० मा मिडल्याण्डमा गैर आवासीय संघ बेलायतका कार्यसमिति अध्यक्ष सुनील बाबु खड्काको आध्यक्षतामा बसेको पूर्ण बैठकले खाली रहेका पदमा उनीहरूलाई ज़िम्मेदार सुम्पिने निर्णय गरेको हो ।

शर्मा यो कार्यसमितीमा सह-कोषाअध्यक्ष र श्रीमती खनिया कार्यसमिती सदस्यमा निर्वाचित भएका थिए। कार्यसमितीको बैठकले गैरआवासीय नेपाली संघ बेलायतको आगामी कार्यहरुको योजना तयगरेको छ।

जस अनुसार गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारेमा परिवर्तित नेपाली कानुन र गैर आवासीय नेपालीहरुको हक र अधिकारको बारेमा जानकारी गराउने उध्द्धेष्य राखी नेपाल बार एसोसियसनका अध्यक्ष र कानुनबिदहरुलाई प्रमुख बक्ता बनाई एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ।

यो कार्यक्रमको संयोजकको जिम्मा उपाअध्यक्ष नारायण दत्त कंडेललाई दिईएकोछ। त्यसै गरी गैर आबासिय नेपाली संघ बेलायतके सन्दर्भमा जनमानसमा पारिएको हल्ला र भर्मको चिरफार गर्ने उध्द्धेष्यले एक सुसोचित कार्यक्रम पनि गरिने भएको छ ।

बैठकले महत्वपुर्ण निर्णय गर्दै नेपालमा एक मोबाइल ब्लड बैंक को लागि एम्बुलेन्स खरिद गर्न छिटै नै एक च्यारिटी सांझको आयोजना गर्ने तय गरेको छ ।यसको संयोजनको जिम्मा अध्यक्ष सुनिल बाबु खड्कालाई दिएको छ । बैठकमा गैर आबासिय नेपाली संघका उपसचिब रामशरण शिंम्खडाको पनि उपस्थित थियो।

फेसबुक प्रतिक्रियाहरु