बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ३४७ जनालाई कोरोना संक्रमण, दुईको मृत्यु |
Breaking News

३४७ जनालाई कोरोना संक्रमण, दुईको मृत्यु |

जुनेली न्युज,०८ साउन काठमाडौँ |

नेपालमा पछिल्लो २४ घण्टा भित्र  ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ |

३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो |

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण दुईजनाको मृत्यु भएको छ |

यससँगै नेपालमा कोरोनाको सक्रिय संक्रमित हरुको संख्या  ३ हजार १७७ पुगेका छन् | सो अवधिमा ९५ जना डिस्चार्ज पनि  भएका छन् |

फेसबुक प्रतिक्रियाहरु