मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसमा थपिए तीन भ्रातृ संस्था
समाचार

नेपाली कांग्रेसमा थपिए तीन भ्रातृ संस्था

जुनेली न्युज, २  साउन काठमाडौँ |

 

नेपाली कांग्रेसले तीन वटा संस्थालाई भ्रातृ संस्थाको मान्यता दिने निर्णय गरेको छ |

सानेपामा बसेको आजको  केन्द्रीय कार्यसमिति बैठकले निवेदन परेकामध्ये तीन संस्थालाई  भ्रातृ संस्थाको  मान्यता दिएको हो |

पार्टीका प्रवक्ता प्रकाश शरण महतका अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघलाई भ्रातृ संस्थाको रुपमा  मान्यता दिने निर्णय केन्द्रीय समितिबाट भएको हो |

फेसबुक प्रतिक्रियाहरु