जुनेली न्युज, २ साउन काठमाडौँ |
नेपाली कांग्रेसले तीन वटा संस्थालाई भ्रातृ संस्थाको मान्यता दिने निर्णय गरेको छ |
सानेपामा बसेको आजको केन्द्रीय कार्यसमिति बैठकले निवेदन परेकामध्ये तीन संस्थालाई भ्रातृ संस्थाको मान्यता दिएको हो |
पार्टीका प्रवक्ता प्रकाश शरण महतका अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघलाई भ्रातृ संस्थाको रुपमा मान्यता दिने निर्णय केन्द्रीय समितिबाट भएको हो |
फेसबुक प्रतिक्रियाहरु