जुनेली न्युज,१७ बैशाख काठमाडौँ |
काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् |
निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गरेको छ |
चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् |
उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् |
चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए |
फेसबुक प्रतिक्रियाहरु