जुनेली न्युज, ०९ बैशाख |
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेयर पदबाट राजीनामा दिएकी छिन् |
वैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि उनले शुक्रबार उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् | उनको राजीनामा उपमेयरद्वारा स्वीकृत भएको छ |
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् |
भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति पाँच दलीय गठबन्धनको भए संगै उनि पुनः मेयरमा उठ्न लागेकी हुन् | ११ र १२ वैशाखमा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ |
फेसबुक प्रतिक्रियाहरु