जुनेली न्युज,०७ बैशाख काठमाडौँ |
प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ |
आज मध्यान्हदेखि प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् |
जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका छन् | अन्यत्र भने लगभग भागबन्डा मिलेको स्रोतको दाबी छ |
आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ | गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन |
महानगरको भागबन्डा भने मिलिसकेको छ। काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको थियो |
फेसबुक प्रतिक्रियाहरु