जुनेली न्युज, ०६ बैशाख काठमाडौँ |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन देखेर एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन् | नेविसंघको स्थापना दिवसको अवसरमा बोल्दै उनले,“परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् |
स्थानीय चुनावलगायत सबै चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि जानुपर्ने उनले बताए” |
ओलीले हतास अभिव्यक्ति दिन थालेको आरोप पनि उनले लगाएका छन | साथै एमालेले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको उनले बताए |
साथै पौडेलले लोकतन्त्रको लडाइँका लागि नेपालले अहिले पनि बलिदानी खोजेको बताए | विकास र प्रगति रोक्नेहरूका विरूद्ध सतर्क हुनुपर्ने उनको बताएका छन् |
फेसबुक प्रतिक्रियाहरु