सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • “क्रियाशील सदस्यतामा टुंगो लाग्नेबित्तिकै महाधिवेसन हुन्छ” विमलेन्द्र निधी
Breaking News

“क्रियाशील सदस्यतामा टुंगो लाग्नेबित्तिकै महाधिवेसन हुन्छ” विमलेन्द्र निधी

जुनेली न्यूज, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम  समेटिएको प्रतिवेदन बुझाएको छ |  कांग्रेसका उपसभापति विमलेन्द्र निधीले  अब न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको जानकारी दिए ।

आज (शुक्रबार) जनकपुर बिमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै निधीले भने, ‘न्यूनतम साझा कार्यक्रम टुंगो लागेको भनेर सुनेको छु, अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

उपसभापति निधीले १४ औं महाधिवेसन भदौमै हुने बताए । क्रियाशील सदस्यतामा टुंगो लाग्नेबित्तिकै महाधिवेसन हुने उनले बताएका छन् |

१४ औं महाधिवेशनमा पार्टीको सभापतिमा उम्मेदवारी दिने उनले दोहोर्याए । ‘महाधिवेशन १४ दिनमा होस् या १४ महिनामा म पार्टीको सभापतिका लागि उम्मेदवार रहिरहनेछु’ उनले भने ।

साथै निधिले सरकारमा माधव नेपाल समूहलाई पनि सहभागी गराउने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउने आफूहरुको चाहना भएको बताए । ‘त्यसका लागि छलफल भइरहेको निधिले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु