मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का
Breaking News

अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का

जुनेली न्यूज, काठमान्डौ | अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् ।

 

यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए ।

केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ सम्झौता गर्ने तयारी भइरहेको थियो । तर अन्य खेलाडीले तलब घटाउन नमान्दा सम्झौता नविकरण हुन नपाएको खबरमा उल्लेख छ । सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि जितेका छन् |

 

 

 

फेसबुक प्रतिक्रियाहरु