सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलायो,
Breaking News

नेपाली कांग्रेसको पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलायो,

जुनेली न्यूज, काठमाडौं । नेपाली कांग्रेसको  रामचन्द्र पौडेल पक्षले १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको छ |पौडेल पक्षले महाधिवेशन पूर्वनिर्धारित मितिमा गर्न  जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका भएपनि  ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको जानकारी दिए । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु