बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रधानमन्त्री देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउदै
Breaking News

प्रधानमन्त्री देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउदै

जुनेली न्यूज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम  समेटिएको प्रतिवेदन बुझाउन लागेको छ । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ |

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीं प्रतिवेदन बुझाइने कार्यक्रम रहेको कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले बताएका छन् ।

सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ ।

सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले नाताएको छ | नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यले बताए ।

कार्यदललमा कांग्रेसबाट संयोजक खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत नेताहरु  सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु