मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप भुटानबाट नेपाल आइपुग्यो
Breaking News

कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप भुटानबाट नेपाल आइपुग्यो

जुनेली न्यूज, काठमाडौं | कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप भुटानले नेपाललाइ  पठाएको छ | शनिबार आउने भनिएको खोप एकदिन अगाडिनै पठाएको  स्वास्थ्य सेवा  विभागले बताएको  छ |  एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने स्वास्थ्य विभागले जनाएको छ ।

विमानस्थलबाट खोप बोकेर उडेको थिम्पुस्थित पारो ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने स्वास्थ्य  विभागले जानकारी  दिएको छ |

फेसबुक प्रतिक्रियाहरु