बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, ४ जनाको मृत्यु १३ जना घाइते
Breaking News

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, ४ जनाको मृत्यु १३ जना घाइते

जुनेली न्यूज, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण गरिएको छ । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् सो घटनामा चार जना मारिएका छन् ।

आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो |  यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले बताएको छ | घटनामा ११ जना घाइते भएका छन् ।

अफगानिस्तानका अलग-अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो |  विभिन्न राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु