शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ
Breaking News

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने दोस्रो जिल्ला मुस्ताङ

जुनेली न्यूज, काठमाडौं । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने दोस्रो जिल्ला  मुस्ताङ बनेको छ | १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको  खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । भण्डारीका अनुसार  जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् |

मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको भण्डारीले बताएका छन् । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ ।

भण्डारीका अनुसार मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भयो भने २३ जना सक्रिय संक्रमित छन् ।

मुस्ताङमा खोप अभियान सुरु गत १४ माघदेखि भएको थियो

फेसबुक प्रतिक्रियाहरु